Depot School Lifts The Cup
Articles / Dharan on Sports
Date: Oct 14, 2004 - 09:37 AM
|
धरान, असोज २७ - आयोजक डिपोट आवासीय बोर्डिङ स्कुलले मिलन र्राई र रोज सुनुवारको उत्कृष्ट पर््रदर्शनले बुधबार अन्तरविद्यालय डिपोटकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।प्रतिस्पर्धात्मक बुधबारको फाइनलमा दीपेन्द्र प्रहरी आवासीय विद्यालयलाई डिपोटले २-१ गोलअन्तरले पराजित गर्दे पहिलो स्थान हात पारेको हो ।विजेता डिपोटका मिलन र्राईले खेलको ३४ औं र रोज सुुनुवारले ४४ औं मिनेटमा सुन्दर गोल गर्दै उपाधि बचाएका थिए । उता दीपेन्द्र प्रहरीका सागर खत्रीले प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी डिपोटका देवेन्द्र थापा, र्सवाधिक गोलकर्ता लिटिल हार्टका सुमित श्रेष्ठ र डिपोटका एकेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक लिटिल हार्टका रवीन्द्र गुरुङ, 'म्यान अफ द म्माच' दीपेन्द्रका सागर खत्री र 'फेयर प्ले' सेन्ट जोसेफ स्कुल घोषित भएका थिए ।
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=19405
|
This article comes from My Dharan | Your Window to a Global Dharane Network
http://www.mydharan.com/
The URL for this story is:
http://www.mydharan.com/modules.php?op=modload&name=News&file=article&sid=55
|
|