myDharan Forum
Welcome, Guest
Please Login or Register.    Lost Password?
Dharan News (1 viewing) (1) Guest
Go to bottom Post Reply Favoured: 0
TOPIC: Dharan News
#53
setling (User)
Fresh Boarder
Posts: 3
graphgraph
User Offline Click here to see the profile of this user
Dharan News 1 Year, 1 Month ago Karma: 0  
जोआनालाई आज सम्मान धरानमा

१२ श्रावण, गोर्खा सैनिकको आन्दोलनमा सहयोग गर्ने वेलायति नागरिकलाई गर्ने पूर्वाञ्चल सम्मान तथा अभिनन्दनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ।
आयोजक मध्येको गोरखा भूतपूर्व सैनिक सघं सुनसरीका अध्यक्ष गजेन्द्र इस्वोले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन्।
आयोजकले दिएको जानकारी अनुसार लुम्वली, क्यारोल र वकिलहरुको टोलीलाई स्वागत गर्नका लागि आधा दर्जन गाडी सहित पुष्प गुच्छाका साथ विराटनगर विमानस्थलमा जाने कार्यक्रम रहेको छ। विराटनगर विमानस्थलवाट सो टोलीलाई लिएर धरान ल्याई वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानको अवलोकन भ्रमण पश्‍चात कार्यक्रम स्थल धरान ८ स्थित धरान सभा गृहमा लैजाने कार्यक्रम तय गरिएको छ।
उनीहरुको स्वागतका लागि धरानका विभिन्न ठाउँमा स्वागत गेट तयार गरिएको छ भने तीनकुनेवाट नेपाली परम्परा अनुसार पन्चे वाजा सहित विभिन्न जातीय झाँकी सहित स्वागत गर्ने कार्यक्रम तयार गरिएको छ।
पञ्चे वाजा र विभिन्न जातीय भेषभुषामा आधारित झाँकी कार्यक्रम विशेष आकर्षण हुने आयोजकले वताएको छ।
लुम्लीले धरान आएर गोर्खा मेजर वलवहादुर तामाइ र क्याप्टेन मानवहादुर राईको घरमै गएर भेटघाट गर्नेछिन् उनीहरु सहित भुपुहरुको वारेमा अध्यन गर्नेछिन्।

धरानमा ६५ जना अनुपस्थित, कार्यलयहरुमा छडके

धरानका ६ वटा सरकारी कार्यालयमा भएको छडके जाचँको क्रममा ६५ जना कर्मचारीहरु कार्यालयमा अनुपस्थित रहेको पाइएको इलाका प्रशासन कार्यालयका अधिकृत राममणि पोख्रेलले जानकारी दिएका छन्।
त्यसमध्ये पनि सवैभन्दा बढी प्रत्यक्ष जनसरोकार भएको कार्यालय धरान नगरपालिकामा कर्मचारिहरु कार्यलय समयमा कार्यालयमा अनुपस्थित रहेको उनले बताए।
पोख्रेलको अनुसार नगरपालिका मात्रै विभिन्न अधिकृतसहित ७ जना अधिकृतहरु गरी ४० जना कर्मचारी छड्केको समयमा कार्यालयमा अनुपस्थित थिए। यसवाहेक धरानमा रहेका खानेपानी संस्थानको कार्यालय विघुत प्राधिकरणको कार्यालय, इलका वन कार्यालय, कोशी वेशिन कार्यालय र आन्तरिक राजश्‍व कार्यालयमा छडके जाँच गरेका थिए। त्यस क्रममा वन कार्यालयमा प्रमुखसहित ३ जना कर्मचारी, आन्तरिक राजश्‍वमा एक अधिकृत र विघुत प्राधिकरणमा तल्लो तहको ४ जना कर्मचारी कार्यालयमा अनुपस्थित रहेको पोख्रेलले जानकारी दिए।
 
Report to moderator   Logged Logged  
  The administrator has disabled public write access.
Go to top Post Reply
Powered by FireBoardget the latest posts directly to your desktop
myDharan.com
This site is optimized for Mozilla Firefox and IE7 or later.