Forum
Dharan News (1 viewing) (1) Guest
Favoured: 0
|
|
|
TOPIC: Dharan News
|
setling (User)
Fresh Boarder
Posts: 3
|
|
Dharan News 1 Year, 1 Month ago
|
Karma: 0
|
|
मूल्यवृद्विको मारमा धरान जनता
अण्डाको मूल्य दोब्बर
वयवसायीहरुले बोइलर कुखुराको अण्डा पोल्ट्री उघोगको भन्दा दोब्बर बढी मू्ल्यमा विक्री गर्ने गरेको पाइएको छ।
थोक विक्रेताहरुले उघोगले विक्री गरेकोभन्दा दोब्बर बढी मूल्यमा विक्री गर्ने गरेको पाइएको छ। सप्तरीस्थित पूर्वाञ्चाल पोल्ट्री प्रालिले धरानको पुरानो बजारस्थित श्रेष्ठ किरानाका नाममा पठाएको अण्डाको विलमा ठूलो अण्डाको प्रतिकार्टुन मूल्य छसय रुपैया र सानो अण्डाको प्रतिकार्टुन मूल्य पाँच सय रुपैया उल्लेख छ। एक कार्टुनमा २ सय १० वटा अण्डा हुन्छ। उघोगले थोक विक्रेतालाई दिएको मूल्यका आधारमा ठूलो अण्डाको प्रतिगोटा मूल्य दुई रुपैया ८५ पैसा र सानाको प्रतिगोटा मूल्य दुई रुपैया ३८ पैसा पर्न जान्छ। अहिले वजारमा भने खुद्रा मूल्य प्रतिगोटा आठ रुपैया पर्ने गरेको छ। तर व्यवसाय बनेर श्रेष्ठको सोही स्टोरमा एक घण्टालगत्तै अण्डा खरिद गर्न जाँदा सञ्चालक श्रेष्ठले ठूलोको प्रतिकार्टुन मूल्य १४ सय र सानोको प्रतिकार्टुन मूल्य १३ सय बताएका थिए। श्रेष्ठको मूल्यका आधारमा ठूलोअण्डा प्रतिगोटा छरुपैया ७७ पैसा र सानो अण्डा प्रतिगोटा छसय रुपैया १९ पैसा पर्न जान्छ। थोक विक्रेता श्रेष्ठलाई पाँच सय र छसय रुपैया प्रतिकार्टुनका दरले किनेका अण्डा १३।१४ सयना विक्री गर्नु कालो बजारी होइन? भनेर सोध्दा उनले पनि वास्तविक मूल्य अर्कै भएको र वाटोको विल भएको कारण थोरै मूल्य राखेर विल वनाइएको हुनसक्ने वताए।
आफुखुशी मूल्यवृद्वि
व्यवसायीहरुले विभिन्न वहाना बनाउदै उपभोग्य वस्तुमा मूल्यवृद्वि गरेर उपभोक्ता ठगिरहका छन्।
अस्वाभाविक मूल्यवृद्वि भइरहेको भन्दै नियन्त्रण गर्न आवज उठिरहेको वेला व्यावसायीहरुले उपभोग्य वस्तुको मूल्य आफूखुशी वृद्वि गरिरहेको पाइएको छ। सूर्य नेपाल प्रालिले आफ्ना उत्पादन उपभोक्ता मूल्यभन्दा बढीमा बिक्री भइरहेको पाइएको भन्दै उपभोक्तालाई सचेत गराउन प्रचार प्रसार थालेको छ। प्रालिले आफ्ना उत्पादनको सूर्य चुरोट प्रतिखिल्ली ४ रुपैयामा विक्री गर्नुपर्नेमा ५ रुपैयामा, ३ रुपैयाको शिखर चूरोट ४ रुपैयामा र दुई खिल्ली खुकुरी चुरोटको ३ रुपैया लिनुपर्नेमा ४ रुपैयामा विक्री गरिरहेको भेटिएको जनाएको छ।
|
|
|
|
|
|
|
The administrator has disabled public write access.
|
|
|
|
myDharan.com
This site is optimized for Mozilla Firefox and IE7 or later.