Jul 05, 2008 - 05:02 PM  
> My Dharan | Your Window to a Global Dharane Network  
 
  Username:   Password:   Remember me:      New user? Register Here    Login Problem?

Visit Our Sponsor(s)

Banner Exchange

Events Calendar

<< July 2008 >>
S M T W T F S
29 30 01 02 03 04 05
06 07 08 09 10 11 12
13 14 15 16 17 18 19
20 21 22 23 24 25 26
27 28 29 30 31 01 02

Today's Events

No Events


Upcoming Events

No Events

Who's Online

We have 13 guests and 0 members online

Welcome Guest, become a member today.

Post new topic   Reply to topic
View previous topic Printable version Log in to check your private messages View next topic
Author Message
nitu
Post subject: Social Problem and Crisis of Rai, Limbu, Gurung, Magar in HK  PostPosted: Oct 10, 2007 - 11:05 PM



Joined: Jun 19, 2006
Posts: 19

Social Problem and Crisis of Rai, Limbu, Gurung, Magar in Hong Kong:-

" दुव्र्यसन कुलतमा तन्नेरी "

चाइनिज युनिभर्सिटीको सोसियल वर्क डिपार्टमेन्टले सार्वजनिक गरेको एउटा रपिोर्टले दशकौँदेखि हङ्कङ्मा बस्दै आएका नेपालीमाझ पिरलो थपिएको छ, कतै नेपाली जातिको छवि नै धमिलिने त होइन ? रपिोर्टमा अन्य मुलुकबाट आई हङ्कङ्मा दुव्यर्सनको सिकार भएकामध्ये नेपाली युवाहरूको सङ्ख्या सबैभन्दा बढी ६८ प्रतिशत उल्लेख छ ।

युनिभर्सिटीले हङ्कङ्मा स्थायी बसोवास गररिहेका नेपालीका साथै भियतनामी, पाकिस्तानी, भारतीय, बङ्गलादेशी, फिलिपिनो, थाई र इन्डोनेसियाली नागरकिबीच यस्तो अध्ययन गरेको हो । हङ्कङ्का साँघुरा गल्ली, पार्क र क्लबहरूमा रपिोर्ट पत्याउने आधार प्रशस्तै भेटिन्छन् । दुव्र्यसनी नेपाली युवाहरू लागूपदार्थ सेवन गरेर बेहोस लडिरहेका र रातको समय आफ्नो कोठा नभएर गगनचुम्बी भवनका सिँढी, कुनाकाप्चाहरूमा बिताउने गरेको देखिनु सामान्य भइसकेको छ ।

अध्ययन अनुसार, दुव्र्यसनी नेपालीमध्ये ५७.४ प्रतिशत हङ्कङ्मा जन्मेका हुन् भने ५५.९ प्रतिशत २५ वर्षभन्दा माथिका छन् । त्यस्तै, ६७.६ प्रतिशतले माध्यमिक तहसम्मको अध्ययन नेपालमै सकेका छन् भने २०.६ प्रतिशतले कामसमेत गर्दै अाएका छन् । यसैगरी, ५.९ प्रतिशतको सम्बन्धविच्छेद भइसकेको छ भने २३.५ प्रतिशत परविारसँगै बस्छन् । दुव्र्यसनीमध्ये पुरुषको सङ्ख्या ९८ प्रतिशत छ ।

केही साताअघि मात्र चुङ्किङ् मेन्सनबाट चोरीको अभियोगमा नशाकै अवस्थामा दुई जना नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । लागूपदार्थ दुव्र्यसन र किनबेचको अभियोगमा पनि नेपाली निरन्तर पक्राउ पर्दै आएका छन् । तर, नेपालीले गर्दै आएको कारोबार धेरै सानो मात्रामा भएकाले पक्राउ परे पनि लामो समय जेलमा बस्नु नपर्ने बताउँछन् शङ्कर गुरुङ, ३२ । शङ्कर पूर्वबि्रटिस गोर्खा सैनिकका एक्ला छोरा हुन् । लागूपदार्थ किनबेचको सिलसिलामा उनी जेल पनि परसिकेका छन् ।

काठमाडाँैको होलिल्यान्ड स्कुलमा १० कक्षा पढ्दापढ्दै साथीहरूको सङ्गतमा गाँजा पिउने गरेका शङ्कर फेन्सिडिल सुरु गरेपछि लत बसेको बताउँछन् । भन्छन्, "सुधारका लागि युथ भिजनमा एक वर्ष बसे र तीन-चार वर्षसम्म दुव्र्यसन छाडे । तर, हङ्कङ् आएपछि फेर िलागूपदार्थ दुव्र्यसनमा फस्न पुगेँ ।" अहिले फेर िसुधारको बाटोमा लागेका शङ्कर नौ महिनादेखि स्थानीय पुनःस्थापना केन्द्रमा बस्दै आएका छन् ।

पोखरा घर भएका अर्का दुव्र्यसनी युवक नाम उल्लेख गर्न चाहँदैनन् । विवाहपछि श्रीमतीको स्थायी बसोवाससम्बन्धी अनुमति पत्र 'आईडी' मा हङ्कङ् आएका यी युवक निर्माण कम्पनीमा काम गर्दा हङ्कङ् डलर २५ हजारसम्म तलब खान्थे । अहिले भने दुई हजार छ सयको बेरोजगारी भत्ताले गुजारा चलाइरहेका छन् । दुव्र्यसनमा लागेपछि उनलाई श्रीमतीले पनि छाडेकी छन् ।

हङ्कङ्मा एसियालीहरूका लागि लोकपि्रय व्यापारकि स्थल चुङ्किङ् मेन्सन लागूपदार्थ खरदि-बिक्रीका निमित्त 'वेस्टर्न मार्केट' का रूपमा चिनिन्छ । त्यस्तै यो मा ताईको टेम्पल स्टि्रट, नाइट मार्केट, जोर्डन जक्की क्लब, मोङ् कक, यङ् लुङ्लगायतका ठाउँ पनि लागूपदार्थ दुव्र्यसनी र किनबेचकर्ताहरूका अखडा हुन् । साँझ ६ बजेदेखि १० बजेसम्म र कतिपय स्थानमा रातको १२ बजेपछि लागूपदार्थको कारोबार सुरु हुन्छ ।

हङ्कङ्मा पहिलोपटक थोरै मात्रा लागूपदार्थसहित समातिएमा बढीमा ३६ घन्टा जेलमा राखेर माफी दिई छाड्ने गरन्िछ भने दोस्रोपटक समातिएमा जेल हुँदै पुनःस्थापना केन्द्रमा पठाउने गरन्िछ । त्यसपछि एक वर्षसम्म 'प्रोबेसन अफिसर' को निगरानीमा बसी प्रत्येक महिना बोलाएको समयमा भेट्नुपर्ने प्रावधान छ । त्यस समयमा चालचलन, बानीबेहोरा आदिमा निगरानी राखिन्छ । तर, लागूपदार्थको लत लागेकाहरू यी सबै नियमको अवज्ञा गरी 'वारेन्ट' मा बस्छन् ।

अध्ययन क्रममा दुई वर्षजति हङ्कङ्का विभिन्न दुव्र्यसन स्थलहरूमा भ्रमण गरेका राजु बराइली लागूपदार्थको दुव्र्यसनमा नेपाली युवकयुवतीहरूको दिनप्रतिदिन बढ्दो सहभागिता डरलाग्दो समस्या रहेको बताउँछन् । विभिन्न सुविधा र अवसर हुँदाहँुदै पनि हङ्कङ्को नेपाली युवा पिँढी किन यसरी दुव्र्यसनमा फस्दैछ ? बराइलीका अनुसार, हङ्कङ्का नेपाली युवा पिँढी पनि दुईथरीका छन् । एकथरी यहीँ जन्मीहुर्की पढेको र अर्काथरी नेपालमै जन्मी उतै पढेर आएको वा यतै जन्मे पनि नेपालमा पढेको युवा पुस्ता दुव्र्यसनमा फसेको देखिन्छ ।

परविारका मुख्य अभिभावकको व्यस्त जीवन, छिटो घुलमिल हुने तथा अरूलाई विश्वास गरहिाल्ने स्वभावका कारण पनि हङ्कङ्मा नेपाली दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको छ । हङ्कङ्मा स्थापित २६ वटा संस्थाको साझा सङ्गठन हङ्कङ् नेपाली महासङ्घका अध्यक्ष हेगेन राईका अनुसार, सरकारले बेरोजगारी भत्ताको व्यवस्था गरेकाले पनि समस्या बढेको हो । हङ्कङ् सरकारले बेरोजगारी भत्तास्वरूप प्रतिमहिना दुई हजार छ सय हङ्कङ् डलर दिने गरेको छ । त्यसमा एक हजार छ सय डलर खानपिन र एक हजार घरभाडाका लागि हो । मानव अधिकारको सचेतनाका कारण हङ्कङ्मा नियम-कानुनबाहिर गएर कसैलाई धम्क्याउने, पिट्ने वा जेल हाल्ने गरँिदैन । त्यसैले दुव्र्यसनीहरू जेलमै बस्नुपरे पनि अप्ठ्यारो मान्दैनन् ।

हङ्कङ्मा 'अपरेसन डन' नामक संस्थाले दुव्र्यसनमा लागेका नेपाली युवकहरूलाई छुट्टै राखी निःशुल्क उपचार गर्दै आएको छ । संस्थामा नेपाली दुव्र्यसनीहरूको रेखदेख, सल्लाह, सुझाव दिने उद्देश्यले एक वर्षदेखि पियर काउन्सिलरको रूपमा कार्यरत छन् पोखरा, अन्नपूर्ण टोलका गणेश गुरुङ । १२ वर्षसम्म पूर्ण रूपमा दुव्र्यसनीमा फसेर चार वर्षअघि मात्र दुव्र्यसनमुक्त भएका गणेशको दिनचर्या दुव्र्यसनी नेपालीमाझ बित्छ । उनी युवाहरूलाई सामान्य जीवनमा र्फकन हौसला दिन्छन् । भन्छन्, "मैले दुव्र्यसन छोड्दा जसरी मेरो परविार खुसी छ, सबैको परविारमा त्यस्तै खुसी छाओस् भन्ने चाहन्छु ।"

पुनःस्थापना केन्द्रमा १८ देखि ६३ वर्षसम्मका १० जना नेपाली दुव्र्यसनी छन् । आइल्यान्ड टापुमा रहेको केन्द्रमा पुगिसकेपछि सजिलै फर्किन सकिँदैन । सहरबजार, साथीभाइ, परविार सबैबाट टाढा राख्नका लागि टापुमा उक्त केन्द्र राखिएको छ । हङ्कङ्मा लागूपदार्थका दुव्र्यसनीमा नेपाली युवतीहरूको सङ्ख्या पनि थपिँदै गएको बताउँछन् गणेश । अहिले १० जना युवतीहरू उनको सम्पर्कमा आएका छन् । भन्छन्, "तर, नेपाली महिला कन्सुलरको अभाव र महिलाहरूलाई राख्ने छुट्टै व्यवस्था नभएकाले समस्या भइरहेको छ ।"

निर्मल श्रेष्ठ/हङ्कङ्

source:

http://www.kantipuronline.com/Nepal/dasyaspora.php
 
 View user's profile Send private message  
Reply with quote Back to top
Display posts from previous:     
Jump to:  
All times are GMT - 6 Hours
Post new topic   Reply to topic
View previous topic Printable version Log in to check your private messages View next topic
Powered by PNphpBB2 © 2003-2004 The PNphpBB Group
Credits
Copyrights @ mydharan.com | A Communication Network For ALL Friends of Dharan (FOD), Nepal