 |
Who's Online
We have 14 guests and 0 members online
Welcome Guest, become a member today.
|
| Author |
Message |
|
|
Post subject: DHARANstadium Versus Politics
Posted: Nov 22, 2007 - 01:34 AM
|
|
Joined: May 22, 2007
Posts: 5
Location: Farnborough
|
|
22 nov ko clickdharan.com ma chhapeko sareko, wakka lagdo??
रंगशालामा 'राजनीति'
Author: रविन गिरी
आफुहरुसँग कुनै सल्ल्iह नै नगरी कामको थाल्ने तयारी गरेकोमा राजनीतिक दलहरुले विरोध गरेपछि बर्षौपछि दाताको सहयोगमा निमार्ण गरिन लागिएकोे धरान रंगशालाको योजना अनिश्चित बनेको छ । धरान १६मा रहेको करिब २५ बर्ष पुरानो धरान रंगशाला निमार्णका लागि कतैबाट पनि चासो नभइरहेको अवस्थामा धरान फुटबल क्लबको आग्रहमा बेलायतमा रहेका धरानेहरु सहयोगको प्रतिबद्धता जनाएका हुन । तत्कालका लागि रंगशालाको कम्पाउण्ड वाल र मर्मतका लागि ३७ लाखको आर्थिक सहयोगको बचन दिएको धरान-युके फोरमले सबै कुरा सकारात्मक हुदै गएमा रंगशाला नै निमार्णको प्रस्ताव समेत अघि सारेका थिए । तर,राजनीतिक दलहरुले उठाएको विवादले खेलकुदको विकासमा दीर्घकालिन असर गर्ने आयोजना शुरु नै नहुँने होकि भन्ने शंका उब्जिएको छ ,क्लबका अध्यक्ष सुवास राई भन्छन् ।
नौ बर्षदेखि लगातार हँुदै आएको बूढासुब्बा टुवोर्ग गोल्डकप प्रतियोगिता स्थल रहेको धरान रंगशाला निमार्णको तयारीमा जुटेको क्लबले दलहरुलाई यसको पूर्व जानकारी एवं स्वीकृति नगराएको भन्दै असहयोग गर्ने भनेपछि हाल निमार्णका सबै काम काम रोकिन पुगेको छ । निमार्णको खरो विरोधमा उत्रिएका नेपाली कांग्रेस धरान नगर सभापति एवं अखिल नेपाल फुटबल संघ -एन्फा) उपाध्यक्ष किशोर राई रंगशाला निमार्ण जस्तो सबै नगरवासीको चासोको विषयमा दलहरुलाई नसोधिएकाले यसलाई समर्थन गर्न आवश्यक नरहेको धारणा राख्छन् । धरान रंगशाला मर्मत तथा कम्पाउण्ड वाल निमार्ण समिति समेत आफुखुशी तयार बताउदै उनी भन्छन्,यस्तो काम नगरपालिकाकै नेतृत्वमा हुनुपर्छ, दलहरु समेतको सहभागितामा समिति निमार्ण गरेमात्र त्यो बैधानिक हुन्छ ।
कांग्रेसका नगर सचिव तिलक राई रंगशाला निमार्ण प्रक्रियादेखि समिति बनाउँदासम्म क्लबले राजनीति गरेको आरोप लगाउछन् । उनी खेलकुद मन्त्रालय देखि राखेपमासम्म आफ्नै दलका मान्छे भएकैले क्लबले अन्य दलहरुलाई क्लबले पेलेर लैजान खाजेको बताउँछन् । भन्छन्,निमार्ण समितिमा समेत कुनै राजनीतिक दलका प्रमुख व्याक्तिलाई संयोजक बनाईनु राजनीति नभएर के हो त ? समितिका संयोजकमा भने पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङबो छन् जो एमालेसाग सम्बद्ध हुन ।
क्लबका अध्यक्ष राई भने रंगशाला निमार्णमा दलहरुले आ आफ्नो स्वार्थ राखेर भाजो हालेको बताउँछन् । गएको असोज १ गते नगरपालिकाकै हाताभित्र बेलाएको सर्वपक्षीय भेलाबाट दलहरुले रंगशाला निमार्णमा अनुगमन समितिजस्तो महत्वपूर्ण स्थानमा राखिएको बताउदै राई उल्टो दलहरुले राजनीति गरिरहेको आरोप लगाउछन् । क्लबका पूर्व अध्यक्ष समेत रहेका एन्फा उपाध्यक्ष राईले पुर्वाग्रह राखी सहयोग नै रोक्न लागिपरेको बताउदै काम नहुँेने स्थिती आएमा त्यसको जिम्मेवारी दलहरुले नै लिनुपर्ने उनको भनाई थियो ।
रंगशाला निमार्णमा देखिएको यो विवाद नयाँ भने होईन । वि.स. २०३९सालमा तत्कालिन बि्रटिश क्याम्पका एक अधिकृतहरुलेे अहिलेको रंगशाला निमार्णकार्य शुरु गरेका थिए । तर ,त्यसबेलाका नगरपंचायतका सदस्यहरुले पैसा आफैलाई दिए आफैले बनाउने भनेपछि काम बेलायती अधिकृतहरुले बिचैमा काम छाडेका थिए । अहिले पनि पुरानै कहानी दोहोरिने हो कि जस्तो लागिरहेको छ,वडावासी घनश्याम बुढाथोकी भन्छन् ।
आपसी विवाद समाधान भएमा विदेशमा रहेका धरानेहरुको सहयोगमा बन्ने यो दोस्रो ठूलो आयोजना हुनेछ । यसअघि हङकङ र जापानमा रहेका धरानेहरुको सहयोगमा घण्टाघर र भूकम्प स्मारक स्तम्भ निमार्ण भएको थियो । |
|
|
| |
|
|
|
 |
|
|
Post subject: This is pathetic!!
Posted: Nov 27, 2007 - 09:23 AM
|
|
Joined: Nov 27, 2007
Posts: 1
|
|
This is totally pathetic move by Kisor Rai, the culprit behind the failure of 'Goal Project'. The people behind the 'Dharan Stadium' project are neutral and they are not politically influenced instead they are the Dharane who are living abroad and still wishes good for our home town. Everyone knows how much politically influenced people want to be part of good things initiated by others; well that’s the nature of politics anyway.
When Mr Kisor Rai (Vice-president of ANFA) got kicked out of DFC, he turned his ugly intention towards the golden project of Dharan Stadium initiated by Dharan-UK people. If he had good intentions, he surely have supported it instead he showed his true colours and now he is trying to drench it with his politics. What does he mean by such project should be done under the responsibility of the Municipality? Why don’t he clearly states that he wants to be part of such a golden opportunity to put some silver lining in his political stature? Is he really a Dharane or just pretending to be one?
Such silly move won’t affect the project neither will the cruel intentions of Kisor Rai n so called Dharane. No matter what, such projects should be backed and completed with all the supports of the Dharane residing in UK, worldwide and back home. We wish all the best to the Dharan Stadium Committee. |
|
|
| |
|
|
|
 |
|
|
| |
|